४५ यात्रु बोकेको बुद्ध एयरको विमान ठुलो दुर्घटना हुनबाट जोगियो

काठमाडौं– ४५ जना यात्रु बोकेको बुद्ध एयरको विमान ठूलो दुर्घटना हुनबाट जोखिएको छ । भैरहवा विमानस्थलमा अवतरणको क्रममा एक्कासी धावनमार्गमा स्याल बिमानसँग ठक्कर खान पुगेको भैरहवास्थित बुद्ध एयरका म्यानेजर दर्शन घिमिरेले जानकारी दिए । उनका अनुसार स्याल बिमानमा एकाएक ठक्कर खान पुगेपनि कुशल चालकका कारण दुर्घटना हुनबाट जोगिएको छ । धावनमार्गमा बिमानसँग ठोक्किएको स्याल मरेको छ । 
यु४ ८७५ कल साइनको उक्त विमान क्याप्टेन भगवान थापाले उडाएका थिए । बुद्ध एयरले विमान र यात्रु दुवै सुरक्षित रहेको जनाएको छ । म्यानेजर घिमिरेका अनुसार शुक्रबार साँझ ५ बजेर १० मिनेट जाँदा काठमाडौंबाट भैरहवाका लागि उडेको विमान अवतरणका क्रममा धावनमार्गका गुँड्दै गर्दा एक्कासी स्याल देखापरेको थियो । धावनमार्गमा कुनै बस्तु ठोक्किँदा ठूलो दुर्घटना हुन सक्छ, तर चालकको कुसलताका कारण स्याल ठोक्किएर पनि ठूलो दुर्घटना टरेको छ’, भैरहवा विमानस्थलका एक अधिकारीले रातोपाटीसँग भने । स्रोतका अनुसार भैहरवा विमनस्थलमा पटकपटक स्याललगायतका जंगली जनावर देखिँदै आएपनि नागरिक उड्ययन प्राधिकरणले कुनै चासो दिएको छैन ।
 प्राधिकरणले यसतर्फ बेलैमा ध्यान दिनुपर्ने भन्दै एक एयरलाइन्स कम्पनीका अधिकारीले भने, ‘भैरहवा विमानस्थलमा प्राधिकरणले निकै लापरबाही गर्दै आएको छ, बेलैमा सुधार नगरिए आगामी दिनमा यस्ता घटना नदोहारिएला भन्न सकिन्न ।’

, ,

0 comments

Write Down Your Responses