हेर्नुस यी भाग्य बलियो भएका यी प्रेमी जसको यसरी जोगियो ज्यान पुरा पढ्नुस सियेर गर्नुस

काठमाडौं, १९ भदौ । भारतीय सीमा सहर सुनौली जुगौलीका खुर्द अहमदलाई आफ्नो ठेगाना भन्न निकै सजिलो थियो । कसैले घर कहाँ हो भनेर सोध्यो भने उनले ‘जुगौलीको सबैभन्दा अग्लो र राम्रो घर जुन छ त्यही मेरो, भन्थे । सबैको आँखामा बसेको घरकै कारण आफ्नै छिमेकीको आँखी भएको छु भन्ने उनलाई कहिलै हेक्का भएन । त्यो घर उनी जहाँ मस्तको निन्द्र निदाउँथे र आरामको जीन्दगी बाँचिरहेका थिए । यस वर्ष त्यसकै कारण उनको झण्डै ज्यान गएको छ । 
उनको धन दौलत देखेर रिस गर्ने छिमेकीको योजनामा बुनिएको प्रेमको नाटकमा परी अपहरित अहमद मुस्किलले बाँचेका छन् । भैरहवाकी एक युवतीसँग फोनैफोनमा चिनजान भएर उनी यसैसाता घुम्न पोखरा आएका थिए । त्यतिखेर मात्रै उनी छाँगाबाट खसे जब युवतीले उनलाई आफ्नो घर हो भनि लगेको ठाउँमै थुनिनुपर्‍यो । भदौ १२ गते उनी लेखनाथ नगरपालिका– ८ सिसुवामा अशोक अधिकारीको एक कोठामा बन्धक बने । झ्यालबाट झरेर निँस्कदाँ चोरको बात लाग्यो र प्रहरी कहाँ बुझाइयो ।
 प्रहरीले तलासी लिएपछि बल्ल खुल्यो, उनी त अपहरणमा परेका रहेछन् । यता उनी कोठामा थुनिएका थिए । उता उनका दाजुसँग एक करोड रूपैयाँ माग्दै फोन पुगिसकेको थियो । ‘नदिए मार्ने धम्की दिएका रहेछन्’, कास्की प्रहरी प्रवक्ता डीएसपी गजुसिद्धि बज्राचार्यले भने ।

, , , ,

0 comments

Write Down Your Responses