यो जोडीलाई यसरी आयो मसानघाटबाट खुसी हेर्नुस भिडियो सहित
नेपालगञ्ज, १९ भदौ । केही युवा खाल्डो खन्दै थिए, केही घन्टाअघि मात्र जन्मिएकी नवजात चेलीलाई पुर्न । आमा अर्धचेत अवस्थामा आलो सुत्केरी र सन्तान गुमाउँदाको पीडामा जल्दै थिइन् । बाबु पुर्पुरोमा हात राखेर नियतीलाई धिकार्दै थिए ।
अचानक बालिका रोइन्, च्याहाँ च्यहाँ च्याहाँ…
सधै शोक र सन्नाटाले भरिने मसानघाट एकाएक अपार खुसीले भरियो ।
अन्ततः मृतक भनेर अन्तिम संस्कारका लागि मसानघाट पुर्याइएकी बालिका बौरिइन् । नागरिक दैनिकले समाचार छापेको छ ।
देशैभरि तीज मनाउने तयारी गरिरहँदा अस्पतालले वेवास्था र आफ्नो आज्ञानले जीवितै चिहान पुर्याइएकी छोरी बौरिँदा आमाबाबुमा खुसीको सीमै रहेन ।


0 comments
Write Down Your Responses