एनटीसीको रिचार्ज कार्डमा भेटियो यस्तो गम्भीर त्रुटी दार्चुलामा २ सय थान कार्ड पहिले नै प्रयोग भएको भेटेपछि यस्तो हंगामा

दार्चुला नेपाल टेलिकमको सेवा गुणस्तरीय नभएको आम नागरिकबाट गुनासो आइरहेका बेला स्थानिय
बजारमा विक्रि हुने गरेको रिचार्ज कार्डमा समेत चरम लापारबाहि भएको पाइएको छ । नेपाल टेलिकमको एनटी रिर्चाज कुपन यस अघि नै प्रयोग भएका करीव २ सय थान कुपन भेटीएका छन ।
 अत्तरीया बाट खरीद गरेको १ सय दरका २ सय कुपन नक्कली फेला परेको स्थानीय विक्रेता पुष्पराज जोशीले जानकारी दिनु भयो । उक्त रिचार्ज कुपनहरुमा पिन कोड गोप्य नै छ तर मोवाईल रिचार्ज हुदैन उहाले भन्नु भयो । बजारमा आफुले विक्रि गरेको रिचार्ज कार्ड हरु एक पछि अर्को गर्दै ग्राहकहरुले रिचार्ज नभएको गुनासो गर्न थाले पछि आफुले नया बाकी रहेका नया कार्डहरु जाच गरेको उहाको भनाइ छ । 
कार्डमा रहेको गम्भीर त्रुटीको बारेमा नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रमा गुनासो राख्दा उल्टै हप्काएको उहाको गुनासो छ ।अत्तरीया बाट खरीद गरेको सि नं. १११६०३०२८२५९९६०२ देखी ८०१ सि नं सम्मका २ सय कार्र्ड यस अघि नै प्रयोग भएको पाइएको विक्रेता जोशीले जानकारी दिनु भयो । प्रयोग भएका कार्ड हरुमा अधिकांश सुदुरपश्चिम क्षेत्रकै मोवाईलमा प्रयोग भएको पाइएको छ । 
बजारमा विक्रि भएका १ सय ५३ थान रिचार्ज कुपन फिर्ता आइसकेको तथा अझै ४७ थान कुपन फिर्ता आउन बाकी रहेको छ । रिचार्ज कुपनमा यस अघि पनि त्रुटी भेटीएको भए पनि यती ठुलो परिमाणका कार्डहरुमा भने जिल्लामा त्रुटी फेला परेको यो पहिलो पटक हो ।
 यता टेलिकम दार्चुलाले भने पहिले प्रयोग भएका कार्ड हरु दोस्रो पटक छपाइ भएको हुन सक्ने अनुमान गरेको छ । तर उक्त रिचार्ज कुपनहरु भने २ दिन पहिले पनि प्रयोग भएका पाइएका छन । बिना स्वीकृति नक्कल (कपी) गरि कुनै पनि माध्यममा राखेको ठहर भएमा प्रचलित कानुन अनुसार कारबाही गरिनेछ !

, ,

0 comments

Write Down Your Responses