चन्द्रमामा पुगेर मानव पाइला राख्ने नील आर्मस्ट्रङ्गसँगै चन्द्रमामा पाइला टेक्ने बज एड्रिन मङ्गलबार विराटनगर आउँदै

मोरङ, १९ भदौ । चन्द्रमामा पुगेर मानव पाइला राख्ने नील आर्मस्ट्रङ्गसँगै अर्का यात्री बज एड्रिन मङ्गलबार विराटनगर आउँदै हुनुहुन्छ । पहिलो अन्तरिक्ष यान एपोलो–११ मार्फत उहाँ पनि चन्द्रमामा पुग्नु भएको थियो । सुनसरीको सीतागन्जस्थित एभरेस्ट साइन्स सेन्टरमा आयोजना हुने तय भएको कार्यक्रममा नेपालीलाई आफ्नो चन्द्रमाको अनुभव सुनाउन उहाँ मङ्गलबार विराटनगर आउन लाग्नुभएको एभरेस्ट साइन्स सेन्टरका निर्देशक दिलीप अधिकारीले जानकारी दिनुभयो ।
 अन्तरिक्ष यात्री सोमबार काठमाडौँ आइपुग्नु हुनेछ । एल्ड्रिनले मङ्गलबार ठूलो सङ्ख्यामा विद्यार्थीमाझ चन्द्रमामा पाइला राख्दाको अनुभव सुनाउनु हुनेद्ध भने मङ्गल ग्रहमा बस्ती बसाउन सकिने योजनाबारे पनि आफ्नो योजनाबारे प्रस्ट पार्नु हुनेछ ।

, ,

0 comments

Write Down Your Responses