हेर्नुस सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना सबै यात्रु सकुशल भिडियो सहित

सोलुखुम्बु, ९ असोज । सोलुखुम्बुको जुबिङ्गमा माउन्टेन एयरको हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन जुबिङ्ग पुगेको नाइनएन–एएलक्यू कल साइन भएको हेलिकप्टर फोर्स ल्याडिङ्गका क्रममा दुर्घटनामा परेको नागरिक उड्डयन कार्यालय लुक्लाले जनाएको छ । दुर्घटनाग्रस्त हेलिकप्टरमा बिरामीसहित ६ जना सवार थिए । 
दुर्घटनापछि लुक्लामा रहेको श्री एयरलाइन्सको हेलिकप्टरले बिरामीसहित ६ जनालाई लुक्ला विमानस्थलसम्म ल्याएको छ । धानबारीमा फोर्स ल्याडिङ्ग गरेको हेलिकप्टरको अगाडिको भागमा क्षति पुगेको छ । यसरी दुर्घटना हुन पुग्यो हेलिकप्टर सोलुखुम्बुको जुबिङ्ग ५ बुक्सामा बिरामी लिएर उड्ने क्रममा जमिन छाडेको केही सेकेण्डमै इन्जिन बन्द भएपछि पाइलट सुरेश थापाले आकस्मीक रुपमा हेलिकप्टरलाई सोही हेलीप्याडमा अवतरण गराएका थिए ।
 अवतरणको क्रममा हेलिकप्टरको अगाडिको भाग जमिनमा ठोक्किएर क्षति पुगेको छ । तर, यात्रु भने सकुशल छन् ।

, , ,

0 comments

Write Down Your Responses