यस्तो बन्दैछ हेर्नुस काठमाडौंबासीको पानी पँधेरो मेलम्चीबाट फर्केर
काठमाडौं सिन्धुपाल्चोकको मेलम्ची अम्बाथानबाट राजधानीको सुन्दरीजलसम्म २७.४ किलोमिटर सुरुङ खनेर ल्याइने मेलम्ची नदीको पानी राजधानीबासीलाई वितरण गरिने योजना अनुसार काम भइरहेको छ । तर, २०५५ सालबाट शुरु भएको यो परियोजना विभिन्न कारण देखाई अहिलेसम्म पनि बन्न सकेको छैन । राजधानीबाट मेलम्ची जाने सडक भने जीर्ण रहेको छ ।
मेलम्चीबजारबाट गेल्थुम तालामाराङ हुँदै अम्बाथान पुग्ने सडक पूरै कच्ची छ । खानेपानीको चरम अभाव खेपिरहेको राजधानीलाई राहत दिन यो परियोजना चाँडोभन्दा चाँडो सम्पन्न गर्नुपर्ने हुन्छ । त्यहाँको कामको गतिविधि अनुगमन गर्न र परियोजनालाई जतिसक्दो चाँडो सम्पन्न गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार त्यहाँ पुगेका थिए ।
उनले वैशाखभित्र काम सम्पन्न गरी त्यहाँको पानी काठमाडौं पुर्याउन निर्देशन दिएका छन् ।
हेरौं मेल्चामी खानेपानी आयोजनाका केही तस्विरहरु


0 comments
Write Down Your Responses