आफ्नै सालोलाई धारिलो हतियार प्रहार गरि यसरी आफै आत्महत्या
सङ्खुवासभा । संखुवासभामा भेनाले आफ्नै सालोलाई धारिलो हतियार प्रहार गरि आफै आत्महत्या गरेका छन । धुपु गाविस—४ सुवेदी डाँडाका ४४ बर्षीय गोपाल दर्नालले आप्mनै सालो २८ बर्षीय अमृत सिगौरेलाई मादक पदार्थ सेवन गरि बिहीबार राती ९ः३० बजे धारिलो हतियार प्रहार गरेको हो ।
पहिले हम्मरले छातीमा हानेको र त्यसपछि खुकुरीले शरीरका विभिन्न भागहरुका गहिरो चोट हुने गरि काटेको स्थानीयले बताएका छन् ।
सिगौरे रगताम्मे भई बेहोश भएर लडेपछि घटनास्थलको केही पर नाम्लोमा आफै झुण्डिएको भेटिएको छिमेकी गोपाल विश्वकर्माले जानकारी दिनुभयो । विश्वकर्माको अनुसार, चौबीसै घण्टा मातिरहने दर्नालले मादक पदार्थ सेवन गरेको बेला गाऊँमा बिना कारण जोसुकैसँग झगडा गर्ने गरेको समेत विशवकर्माले बताउनुभयो ।
मृतक भेना दर्नालको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल खाँदबारी लाईएको जिल्ला प्रहरी प्रमुख डिएस्पी गौतमकुमार केशीले जानकारी दिनुभयो । घाईतेको भने जिल्ला अस्पताल खाँदबारीमा उपचार भईरहेको डिएसपी केशीले बताउनुभयो ।


0 comments
Write Down Your Responses