यिनै हुन अाफ्नाे ज्यानै जोखिममा पारेर सप्तकाेशीबाट २९ जनाकाे ज्यान बचाउने सुनसरीका साहसी युवाहरु
धरान गत शनिवार सप्तकोशी नदीमा भएको डुंगा दुर्घटनाका क्रममा २९ जना यात्रुको उद्यार गर्न सफल स्थानीय ५ युवालाई सुनसरी प्रशासनले जनही नगद ३ हजार सहित प्रशंशा पत्र दिएर सम्मान गरेको छ । नदीमा दाउरा लिएर फर्कने क्रममा यात्रु सवार डुंगा डुबेको देखेपछि स्थानीय ५ जना युवाले बहादुरीका साथ २९ जनाको ज्यान जोगाएका थिए ।
सम्मानित हुनेहरुमा महेन्द्रनगर ९ का अमृत खड्का, सोही स्थानका रामचन्द्र झा, रोजन राई, नेपाल कविरथ र प्रकाशपुर ३ का बाबुराम चन्द्रवंशी रहेका छन् । आफूहरुले ज्यानको जोखिम मोलेर आपत्तमा परेकाहरुलाई उद्धार गरेको उद्धारकर्तामध्येका अमृत खडकाले बताए ।
युवाहरुको साहसीक कामको सह्राना गर्दै राम्रो कामको जहिल्यै प्रशासनले प्रशंसा गर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले बताउनुभयो ।


0 comments
Write Down Your Responses