ओलीले दिए कांग्रेसलाई यस्तो झड्का पढ्नुस ! के शिकार गर्यो कुन्नी खुट्टा पसारेर बसेको छ ?
काठमाडौं, असोज ९ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई शिकार गरेर अघाएको बाघ जस्तो भनेका छन्।
यस्तो भन्दै ओलीले कांग्रेसलाई झड्का दिएका हुन् । के शिकार गर्यो कुन्नी खुट्टा पसारेर बसेको छ कांग्रेस ओलीले भने ।
अहिलेको अवस्थामा कांग्रेस निदाएको छ कि ब्यूँझिएको छ त्यो थाहा पाउन गार्हो भएको भन्दै उनले कांग्रेस सिकार खाएर अघाएको बाघ जस्तो बसिरहेको बताएका हुन्।
पूर्व प्रधानमन्त्री ओलीले पत्रकार गोपाल खनालको पुस्तक भूराजनीति सार्वजनिक कार्यक्रममा कांग्रेसप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै भनेका छन्। ‘कांग्रेस चुपचाप छ, आरामसँग बसिरहेको छ केही भएको छैन जस्तो ।
बाघले कुनै शिकार भेट्टायो भने टन्न खान्छ र खुट्टा पसारेर बस्छ । कांग्रेसले के शिकार गर्यो, के पायो कुन्नी खुट्टा पसारेर बसेको छ,’ ओलीले भने, राष्ट्रको स्वाधीनता र स्वाभीमानमा यत्रो संकट आउदा किन कांग्रेस केही बोल्दैन ?
पूर्वप्रधानमन्त्री ओलीले आफूले चीनसँग गरेका व्यापार र पारवहन सम्झौता विवेक पुर्याएर गरिएको तर वर्तमान सरकारले त्यसको मर्म बुझ्न नसकेको आरोप लगाउदैँ के शिकार गर्यो कुन्नी खुट्टा पसारेर बसेको छ कांग्रेस ओलीले थपे ।


0 comments
Write Down Your Responses