पूर्वगृहमन्त्री माधव घिमिरे चढेको कार त्रिशुलीमा खस्यो ३ को मृत्यु पुरा पढ्नुस see more

९ असोज, चितवन । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार कार आइतबार साँझ त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । सरकारका पूर्वमुख्य सचिवसमेत रहेका घिमिरेको अवस्था अज्ञात छ । घटनास्थलबाट प्रहरीले गाडी चालकको भने जिवितै उद्धार गरेको छ । 
 मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा ९ च १५३१ नम्बरको स्कार्पियो कार आइतबार साँझ पाँच बजेतिर घोप्टेभिर भन्ने स्थानबाट करिब तीन सय मिटर तल त्रिशुली नदीमा खसेको थियो । प्रहरीका अनुसार घिमिरे आफैंले गाडी चलाएका थिए । 
 घटनास्थलमा घिमिरेकी आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको शव भेटिएको विपत ब्यवस्थापन तालिम केन्द्र कुरीनटारका प्रवक्ता एसपी गणेशबहादुर थापाले जानकारी दिए । उनका अनुसार गाडी चालक बिष्णु राईको भने जीवितै उद्धार गरिएको छ ।

, , ,

0 comments

Write Down Your Responses