यि हुन महिलामा सन्तान नहुने १० कारणहरु थाहापाई राख्नुस

 वीज ग्रन्थीको खराबीले गर्दा स्त्रीबीज (अण्ड) ननिस्कनु । – वीजवाहिनी नलीहरुमा केही अवरोध हुनु । यस्तो भएमा अपरेशनबाट ठीक हुनसक्छ । – गर्भाशयको मुख ज्यादै सानो हुनु । – गर्भाशय ज्यादै सानो हुनु अथवा दुई कोठामा बाँडिनु । – योनिश्राव धेरै निस्कनु जसको अमिलोपनामा हटाएर शुक्रकीट मर्नु । यसको उपचार हुनसक्छ । – ज्यादै नै कुपोषण हुनु ।
 धेरै दिनसम्म पौटिक खाना खाएमा गर्भधारण गर्ने शक्ति बढ्छ । कुपोषित आमाको बारम्बार गर्धपतन भइरहन्छ । – रगतको ज्यादै नै कमी भएर पनि गर्भ रहन नसक्ने हुन्छ । यस्ता महिलाले आइरन चक्की धेरै समयसम्म खाइरहनु पर्छ । – आयोडिनको कमी हुनु । यस्तो अवस्थामा आयोडिन भएको नुन धेरै समयसम्म खाइरहनु पर्छ । जुन माटोमा आयोडिन हुँदैन त्यहाँ उब्जेको, फलेको खानेकुरामा आयोडिनको कमी हुन्छ । त्यस्तो खाना खानेहरुले थप आयोडिन खानु पर्छ ।
 – गोनोरिया लागेपछि राम्रो उपचार नहुनु । रोग लाग्ने बित्तिकै राम्रो उपचार गर्ने अङ्गहरुमा टी।बी। जस्ता सङ्क्रामक रोग लाग्नु । यस्ता रोग लाग्ने बित्तिकै उपचार गराउनु पर्छ । – स्त्री रागरसको कमी हुनु । कृत्रिम रागरस दिई यसको उपचार गर्न सकिन्छ । स्वास्थ्य खबरपत्रिकाबाट

, ,

0 comments

Write Down Your Responses