अब तपाईहरुले प्रयोग गरेको चार्जर नक्कली की सक्कली ? यसरी चिनौं
स्मार्टफोनको बढ्दो प्रयोगले अहिले बजारमा फोनको एसेसरिजहरु चार्जर, हेडफोनको बिक्री दिन प्रतिदिन बढ्दै गएको छ। तर हामी केही साधारण सूचनाकै भरमा स्मार्टफोनको चार्जर र अन्य एसेसरिज किनिरहेका हुन्छौँ । हामी धेरैजसो नक्कली चार्जरका कारण ठगिइरहेको चाल समेत पाउँदैनौं । जब किनेर प्रयोमा ल्याउँछौं, त्यो बेला चार्जरसँगै मोबाइल पनि बिग्रँदा पछुताइरहेका हुन्छौँ।
तपाईं हामीले साना कुरामा ध्यान सक्यौं भने नक्कली चार्जरबाट ठगिनबाट जोगिन सक्छौं ।चार्जर किन्दा यी कुरामा ध्यान दिनुहोस् ।१.चार्जरको पिन चेक गर्नुस् यदि तपाईँ चार्जर किन्दै हुनुहुन्छ भने सबैभन्दा पहिला चार्जरको पिन चेक गर्नुस्। नक्कली चार्जरमा पिन तलदेखि माथिसम्म एकैनासको हुन्छ । तर सक्कली चार्जरमा तलको पिन केही बाक्लो हुन्छ। यसबाट तपाईले सक्कली र नक्कली चार्जर छुट्टयाउन सक्नुहुन्छ।
२. केबलबाटै सक्कली र नक्कली चार्जको पहिचान कतिपय अवस्थामा यूएसबी चार्जर केबल नक्कली भएको पाइएको छ। तर चार्जर भने सक्कली नै हुन्छ ।
नक्कली चार्जरमा पोर्टको रंग थोरै कालो हुन्छ । साथै यो सक्कलीभन्दा धेरै लामो पनि हुन्छ ।
३. चार्जरमा बनाइएको प्रिन्ट यदि चार्जरमा ‘मेड इन चाइना’ लेखेको भए त्यसलाई पुरै नक्कली चार्जरकारुपमा बुझे हुन्छ। यसका साथै उक्त चार्जरमा यदि A+ बनाइएको छ भने बुझ्नुस की त्यो शतप्रतिशत नक्कनली हो ।
४. लोगो हेर्नुस्चार्जरमा बानइएको लोगोमा तपाईँ नजिकबाट ध्यान दिनुस्। नक्कली र सक्कली चार्जरमा सबैभन्दा फरक लोगोमा हुन्छ। र, त्यहीबाट नक्कली चार्जरको पहिचान गर्न सकिन्छ। नक्कली चार्जरमा लोगोको ब्रान्डको स्पेलिङ र मार्कमा फरक हुन्छ।
५.नक्कली चार्जर धेरै चाँडो तात्छ नक्कली चार्जरलाई पटक पटक चार्जिङको लागि प्रयोग गरेमा यो आफैँ तातिन थाल्छ। तर, सक्कली चार्जरमा यस्तो समस्या बिरलै आउँछ। एजेन्सी


0 comments
Write Down Your Responses