ट्राफिक प्रहरीले हटायो माइक्रो बसका उल्टो सिट यस्तो छ उल्टो सिट हटाउनुको मुख्या कारणहरु
ललितपुर महानगरीय ट्राफिक प्रहरीले उपत्यकामा चल्ने माइक्रोबसमा राखेको नियम विपरित चार जना अट्ने चालक सिटको पछाडि रहेको उल्टो सिट हटाउने कार्य सुरु गरेको छ ।शुक्रबार सो सम्बन्धी महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महाननिरीक्षक प्रताप सिंह थापाको अध्यक्षतामा महानगरीय ट्राफिक प्रहरी प्रमुख प्रकाश अर्याल साथै उपत्यकाको सम्पूर्ण माइक्रोबस व्यवसायी समितिका अध्यक्ष र महासंघका प्रतिनिधि बीच छलफल भएको थियो ।सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ मा सवारी साधनको सिट थप वा परिवर्तन गर्न नपाउने र सवारी साधनमा अगाडि फर्कने गरी सिटको व्यवस्था हुनुपर्ने व्यवस्था छ ।
उल्टो सिट हटाउनुको कारणहरुः
–उल्टो सिटले खुट्टा राख्ने ठाउँ सानो भई बस्न गाह्रो हुने ।
–महिला सिटमा बसेको यात्रुसँग उल्टो सिटमा बसेको पुरुषबाट छुन गई अस्वभाविक देखिने र एक आपसमा यात्रुहरुबीच झगडा नै हुने ।
–मुखामुख गरेर बस्नुपर्ने जसले अन्य यात्रुलाई समस्या हुने साथै श्वासप्रश्वासले गर्दा रोग सर्ने डर भएको ।
–वान्ता वा हाँछ्यु आउँदा पनि अगाडि बस्ने यात्रुलाई लाग्ने गरेको ।
–ओर्लन र बस्न पनि समस्या ।
–माइक्रो बसले खचाखच उभ्याएर मात्र नपुगी सिट नै थपेर बढी यात्रु राख्नाले बढी दुर्घटना हुने ।कुनै सवारी साधनले उसको क्षमताअनुसार कम्पनीबाट नै सिट निर्धारण गरेको हुन्छ ।
तर, यहाँ कम्पनीबाट आएको माइक्रोबसलाई १२ वटा सिट भएकोलाई १६ वटा, १६ वटा सिट भएकोलाई २० वटा बनाई यात्रु बढी राखी दुर्घटना बढी हुने सम्भावना भएकाले गर्दा यसलाई नियन्त्रणमा ल्याइएको ललितपुर ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।ललितपुर ट्राफिक प्रहरीको समन्वयमा समितिसँग सम्पर्क गरेर ललितपुरबाट चल्ने सम्पूर्ण माइक्रोबसमा रहेको उल्टा सिट हटाइएको उनले बताए ।
1 comments
Write Down Your Responses


October 25, 2016 at 4:49 AM
धेरै राम्रो काम