अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्षमा नरेन्द्र श्रेष्ठ र उपाध्यक्षमा मणि कुँवर निर्वाचित

काठमाडौंः अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा नरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्। एक वर्षे कार्यकालका लागि सोमबार भएको एन्फाको निर्वाचनबाट अध्यक्षमा श्रेष्ठ विजयी भएका हुन्। उनले अध्यक्षका प्रत्याशी कर्माछिरिङ शेर्पालाई पराजित गरे। अध्यक्षमा निर्वाचित श्रेष्ठले ३६ मत प्राप्त गरे भने उनका प्रत्याशी शेर्पाले ३१ प्राप्त गरे। 
यसैगरी उपाध्यक्षमा मणी कुँवर निर्वाचित भएका छन्। उनले उपाध्यक्षका अर्का उम्मेदवार दिपक खाती र उपेन्द्रमान सिंहलाई पराजित गरे। उपाध्यक्षमा विजयी कुँवरले ३४ प्राप्त गरे भने खातीले २५ तथा उपेन्द्रमानले ८ मत मात्रै प्राप्त गरे। निर्वाचनमा कुल ६७ मत खसेको थियो। फिफाले भ्रष्टाचारको आरोपमा २०७२ कात्तिक ३० गतेदेखि लागू हुने गरी निवर्तमान अध्यक्ष गणेश थापालाई १० वर्षको प्रतिबन्ध र करिब २१ लाख रुपैयाँ जरिबानाको कारबाही गरेपछि अध्यक्ष पद रिक्त रहँदै आएको थियो।
 तत्कालीन वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको २०७२ साल जेठ २९ गते निधन भएपछि सो पद पनि रिक्त थियो।

, , ,

0 comments

Write Down Your Responses