यी ४ बर्षे बालकको यस्तो दुःख आफ्नो आमाले दोस्रो विहे गरिन र पनि बाबु गुमाए अस्पतालमा छन् तर उपचार गर्ने पैसा छैन सक्दो सियर गर्नुस
जाजरकोट एउटा चार बर्षको बालक । जो अस्पतालमा उपचारका लागि भर्ना भएको छ । तर, उपचार गर्ने पैसा छैन । यी बालको दुख यति मात्र होइन, उनलाई हुर्काउने पर्ने दायित्व राख्ने बुबा–आमा नै छैनन् । बुवाको विरामी परेर मृत्य भयो, आमा चाहिँ दोस्रो विहे गरेर हिँडिन् ।
जाजरकोट खगेनकोट–९ मंसीरीका ४ बर्षीय सविन केसीको आर्थिक अभावले उपचार हुँन सकेको छैन् ।
आमा गीता केसीले दोस्रो विहे गइन् । वावु जनक खत्री ५ वर्ष पहिले भारतमा मजदुरी गदै गर्दा मृत्यू भएको थियो । वालकलाई उपचार गर्न मुस्किल भएको हो । मावलीले हेरचार गरेका छन् । तर, मावलीको पनि आर्थिक अबस्था राम्रो छैन ।
कोहलपुर दश्मिका अस्पालमा उपचार भैरहेको छ ।
पाँच दिन अघि मंसीरी घरमा भैसीले टेकेर खुट्टा भाँचिएका वालक सविन केसी अहिले कोहलपुरस्थित अस्पतालमा छन् । तर, आर्थिक अभावले उपचार हुन सकेको छैन ।
वालकको वावुको स्थायी घर सक्ला–१ लैखममा छ । लैखममा रहेको काकाहरुले समेत वच्चाको वेवास्ता गदै आएका छन् ।
आमाले नायकवाडा गाविसको जिरीमा भण्डारी थरका व्यक्तिीसंग दुई वर्ष अघि विहे गरेर गएकी हुन् । वालक सविन माउली घर खगेनकोट– ९ मंसीरीमा वस्दै आएका थिए । मावलीले ऋण खोजेर अस्पतालसम्म ल्याएका हुन् ।
अस्पतालले करिव ६० हजार खर्च लाग्ने बताएको छ । मावलीले आधा जति पैसा जम्मा भएको, अरु ३० हजार जति संकलन भएपछि बालकको अप्रेशन हुने पुनले बताए ।
वालकलाई खाना खुवाउनको लागि आवश्यक पर्ने रकम नै नभएको मावली सुरेश पुनले बताए । मामा पुनले भान्जको जीवन वचाउन सहयोगको याचना गरे । ‘सवैको घरमा तिहार आएपनि मेरो घरमा भने भान्जको चिन्ताले केही नआएझै भएको छ’ सुरेशले भने ।


0 comments
Write Down Your Responses