एक विदेशी नागरिक आफ्नो घर फर्किन लागेको दिन यसरी परे प्रहरीको फन्दामा हेर्नुस भिडियो सहित

काठमाडौं  घुमघामका लागि पोखरा पुगेका नवीन (नाम परिवर्तन) को मोबाइलमा मेसेज आयो( तपाईंको एटीएमबाट ७० हजार निकालिएको छ ।’ यस्तो म्यासेज देखेपछि एटीएम कार्ड हराएर कसैले चलायो कि भन्ने आशंकामा हेरे, कार्ड साथमै थियो । 
उनले पैसा निकालेकै थिएनन् ।अर्काको एटीएमको पिन नम्बर चोरी गरेर पैसा निकाल्ने गिरोह नेपालमा समेत रहेको सुनिरहेका उनले तत्काल बैंकमा खबर गरे । नेपाल इन्भेस्टमेन्ट बैंकमा अन्य ग्राहकबाट पनि यस्ता गुनासा आइरहेका थिए । गुनासोकर्ता ग्राहकले अन्तिमपटक पैसा निकालेको स्थान बुझदा अधिकांश ठमेल र दरबारमार्गका एटीएम बुथहरू देखिएपछि पिन चोरी भएको आशंकामा बैंकका अधिकारीले प्रहरीलाई खबर गरे । 
 प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एटीएम बुथमा जडान भएका बैंकका क्लोज सर्किट टेलिभिजनका दृश्यबाट अनुसन्धान अगाडि बढाउँदा एक विदेशी नागरिकको गतिविधि शंकास्पद देखियो । ठमेल र दरबारमार्गमा एटीएम बुथ रहेको अन्य बैंकमा समेत घटनाबारे सर्कुलर गर्दै सीसीटीभी निगरानी गर्नेक्रममा कात्तिक ११ मा बिहानै उनै व्यक्ति ज्याठामा रहेको एटीएम बुथमा देखिएको सूचना पाएलगत्तै प्रहरी उनको पछि लाग्यो । ती विदेशी ठमेलबाट वसन्तपुरतिर लागे । उनी आफ्नो मोबाइल निकाल्थे र सेल्फी खिच्थे । केही समय घुमेपछि उनी ठमेलमै फर्किएर जगत होटलको कोठा नम्बर १०१ मा गए । होटलको लग बुकको विवरणअनुसार सो कोठा बुल्गेरियाका डिमो अटानासोभ स्टेफानोभको नाममा थियो । बिहानैदेखि उनको पछि लागेको ब्युरोको टोली कोठामा पुग्दा उनी सामान मिलाइरहेका थिए । प्रहरीले आफ्नो परिचय दिँदै उनको साथमा रहेको झोला खोतल्दा एटीएम, सपिङ कार्ड, १७ हजार अमेरिकी डलरलगायतका सामान निस्कियो । झोलामा जहाजको टिकटसमेत थियो । 
टिकटमा त्यसै दिनको मिति थियो । प्रहरी नपुगेको भए उनी बेलुका ८ बजे कतार एयरबाट बुल्गेरिया उडिसक्थे । आफ्नै देश फर्कंदा फर्कंदै अन्तिमपटक चोरीको पिन नम्बरबाट पैसा निकाल्दा उनी प्रहरीको निगरानीमा परे । ‘एक महिनाको भ्रमण भिसामा नेपाल आएका उनको धन्दा नै अर्काको एटीएम कार्डको पिन र डाटा चोरी गरी पैसा निकाल्ने देखियो,’ ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले भने, ‘उनीसहित ३ जना अपराधमा संलग्न देखिए पनि १ जना फर्किसकेका रहेछन् ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

, ,

0 comments

Write Down Your Responses