नापी कार्यालयमा एक्कासी आगलागी हुँदा १९ जना घाइते हेर्नुस भिडियो सहित

हेटौंडा । जिल्ला नापी कार्यालय मकवानपुरमा आगलागी भएको छ। हेटौंडा सानो पोखरा स्थित नापी कार्यालयमा भएको आगलागीबाट १९ जना घाइते भएका छन्। 
घाइते हुनेमा कार्यालयका कर्मचारी र सेवाग्राही रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घाइतेमध्ये १६ जनाको हेटौंडा अस्पताल र ३ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। हेटौंडा उपमहानगरपालिकाको दमकल र स्थानीयहरुले आगोलाई नियन्त्रणमा निभाइ रहेका छन् । आगलागीबाट केही कागजात जलेका छन्।
 प्रहरीले कार्यालयभित्रका आवश्यक कागजातलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जनाएको छ। कार्यालयको तल्लो तलामा रहेको पसलको ग्याँस सिलिण्डर पड्किएर आगलागि भएको बुझिएको छ ।

, , ,

0 comments

Write Down Your Responses