अब सुरु भयो फूलहरुको मौसम एक लाईक र सियर गर्नुहोस

काठमाडौं–मध्यशरद ऋतुको मौसम । निलो आकाशसँगै चिसो सिरेटो चल्न थालिसक्यो । जताततै फूलहरु फुलेका छन् । धुम्म परेको बर्षेझरि सकिएर घमाइलो दिनहरु शुरु हुन थालिसकेका छन् ।अहिले हिन्दुहरुको दोश्रो ठूलो पर्व तिहारले छपक्कै छोपेको छ । 
तिहार फूलहरुको मौसम । गाँउ घरतिर सत्रपत्री,गोदावरी,मखमली अनि लाहुरे फूलहरुले ढकमक्क ढाकेका छन् । फूलहरुको सुगन्धले हरेक घरका करेसाबारी मगमग बास्ना आउन थालिसके ।यिनै सयपत्री गोदावरी फूलहरु टिपेर हरेक घरमा लक्ष्मी पूजा गरिन्छ ।
 द्यैसे र भैलिनीहरुलाई नाङ्नामा बालिएको दियोसँगै फूलहरु राखेर दक्षिणा दिइन्छ ।लक्ष्मी पूजाको साँझ हरेक फूलबारीका छेउबाट लस्करहरु पार गर्दै द्यौसी भैलीका खल्छन् । साथै केही दिनमा शहरका चोकहरु यिनै फूलहरुले छपक्कै छोपिने छन् ।तिहारको पुर्वसन्ध्यामा पुष्प व्यावसायी संघले ललितपुरमा बुधबारबाट शुरु गरेको प्रर्दशनीमामा देखिएका विभिन्न फूलहरुः

, ,

0 comments

Write Down Your Responses