के तपाईलाई पनि यस्तो ढाड दुख्ने समस्या छ ? यदी छ भने निको पार्न यस्ता सावधान अपनाउनुस जनिराख्नुस

अहिले कम्युटरको युग भएरै होला धेरै जसो पढेलेखेका मानिसहरु कम्युटरबाट काम गर्दछन । हामीलाई ला्ग्दछ कम्युटरमा काम गर्नेलाई धेरै आराम मिल्छ र काममा सजिलो हुन्छ । हो काममा त सजिलो नै हुन्छ । तर शरिरलाई कति असर गरेको छ भन्ने कुरा ख्याल गरिएको हुँदैन । कम्युटरमा काम गरेको त हो नी किन ढाड दुख्छ भन्ने कुरा हामीलाई लाग्र्दछ । अमेरिकामा भएको एक अध्ययनअनुसार अस्पताल भर्ना हुनेमध्ये ५६ प्रतिशत मानिस ढाड दुख्ने समस्याबाट पीडित छन् ।
 ‘द ट्रुथ अबाउट ब्याक पेन’ पुस्तकका सहलेखक तथा वैज्ञानिक टड सिनेटका अनुसार ढाड दुख्ने समस्याका लागि खराब बानीहरु जिम्मेवार छन् । यसका लागि दैनिक गतिविधिप्रति सतर्क र सचेत रहनु जरुरी छ । एउटै सिटमा धेरैबेरसम्म बस्नु उठ्दाको तुलनामा लगातार बस्दा स्पाइनको हड्डीमा धेरै दबाब पर्छ भन्ने कुरा थोरै मानिसलाई मात्र थाहा छ । विशेषज्ञको तुलनामा यो तरिकाले तुलनात्मक रुपमा ४० प्रतिशतसम्म दबाब पार्छ । यसकारण लामोसमयसम्म एकै स्थानमा बस्नुपर्नेहरुलाई बेला–बेलामा उठेर टहलिन सल्लाह दिइन्छ । कयौं घण्टासम्म एकैस्थानमा बसेर काम गर्दा पिठको मांसपेशी कमजोर हुन थाल्छ । 
यस्ता मांसपेशीमा लामो समयसम्म कुनै गतिविधि आउँदैंन र यसको लचिलोपनामा असर पर्न थाल्छ । के गर्ने त ? अफिसको काममा समय समयमा ब्रेक लिनु जरुरी छ । फोन कुरा गरिरहँदा र आफनो सहकर्मीसंग कुरा गरेको समयमा कुर्सीमा थोरै सुतेको मुद्रामा बस्नुपर्छ । तर, कुर्सी भने त्यही स्थितिमा रहनुपर्छ,जसले पिठ्यु र कम्मरलाई सपोर्ट देओस् । यस्तो बेलामा टाउको भने सिधा गर्नुपर्छ ।
 पानी ल्याउने जस्ता काम आफैं गर्नुपर्छ । कुर्सीको सही चयन कुर्सीमा आरामसंग बस्ने बानीले इनर्जी लेभल कम हुन्छ र तौल बढ्न थाल्छ । साथै पिठ्युँ र गर्धनमा समेत समस्या आउन सक्छ । टेक्साब ब्याक इन्सिच्युटका चिरोप्याक्टिक डिभिजनका निर्देशक डेरेन डब्ल्यु मार्लोका अनुसार कार चलाउँदासमेत बस्ने तरिका सही हुनुपर्छ । त्यसैले स्टेयरिङ ह्वीलमा बस्दा सधैं ९० डिग्रीको एंगल बनाएर बस्नुपर्छ । नियमित जिम जानुस् सक्रिय जीवनशैली मांसपेशी र जोर्नीको पीडालाई कम गर्न मद्दत गर्छ । एक अनुसन्धानअनुसार ढाड दुख्ने समस्याको मुख्य कारण मनिसको सक्रियतामा ४० प्रतिशतले कमी आउनु हो । चिकित्सकका अनुसार यस्ता व्यक्तिले मर्निङ वाक, जगिङ आदि गर्नुपर्छ । 
जसले मांसपेशी खुम्चने समस्या हटाउँछ । यस्तो अवस्थाले हिप्स र घुँडाको पछाडीको मांसपेशीको स्ट्रेचिङका लागि फाइदा पुग्छ र मांसपेशीको थकान पनि कम हुन्छ । योग गर्नुपर्छ मांसपेशी खुम्चने, रक्तनलीमा रक्तसञ्चार कम हुने र तनावका समस्या कम गर्न योग निकै लाभदायी हुन्छ । युनिभर्सिटी अफ वाशिङगटनका अनुसन्धानकर्ताका अनुसार ढाडको तल्लो भागको दुखाई आधुनिक तरिकाको तुलनामा योगबाट चाँडै निको हुन्छ । करिब १ सय १ जना बिरामीमा गरिएको अनुसन्धानमा वैज्ञानिकहरु यो निष्कर्षमा पुगेका थिए । यसका लागि तालिमप्राप्त योग गुरुलाई सम्पर्क गर्न सकिन्छ । 
धेरै टीभी हेर्नु पनि एउटा कारण दैनिक धेरै समय टीभी हेर्ने बानीले पनि ढाड दुख्ने समस्या निम्तन सक्छ । एक अध्ययनअनुसार जो मानिस टीभी या कम्प्युटरअगाडि एक हप्तामा १५ घण्टाभन्दा बढी समय बिताउँछन्, उनीहरु लोअर ब्याक पेनबाट बढी पीडित हुन्छन् । तनाव हटाउनुपर्छ मनमा भएको कुनै पनि प्रकारको रिस, तनावआदिलाई निकाल्ने हो भने पनि ढाड दुख्ने समस्याबाट मुक्ति पाउन सकिन्छ । डच्युक मेडिकल सेन्टरमा गरिएको अनुसन्धानमा यो निष्कर्ष निकालिएको हो ।
 अनुसन्धानकर्ता जेम्स डब्लु कार्सनका अनुसार व्यक्तिको भावनात्मक स्तर तथा विचारको मांसपेशीमा हुने पीडाबीच सिधा सम्बन्ध हुन्छ ।

, , ,

0 comments

Write Down Your Responses