हेर्नुस अत्यन्तै दुखद खबर पैसा कमाउने लागि सपना बोकेर मलेसिया गएका रुपेश कफिनमा यसरी पोको परेर घर फर्कीए ! हेर्नुस भिडियो सहित
इलाम, २८ जेठ । स्वदेशमा रोजगारीको अभाव, स्थानीय स्तरमा रोजगारीको सृजना नहुनु, घरखर्च दिनानुदिन बढदै जानु, परिवारको जिम्मेवारी बढदै जानुले नेपाली युवालाई रोजगारीका लागि विदेश जान बाध्य बनाएको छ । थोरै भएपनि पैसा कमाएर ल्याए, आफ्ना बाल बालीकालाई राम्रो शिक्षा दिक्षा दिन सम्भवत अधिकाशं नेपालीको चाहना पनि त्यहि हो ।
तर कतिपयको यो चाहना केवल चाहनामा मात्र सिमिति बन्दछ । यस्तै एउटा सुन्दर सपना बोकेर वैदेशिक रोजगारीमा गएका इलाम दानाबारी–३ गगटेका २६ वर्षीय प्रदीपकुमार राई ‘रुपेश’ बाकसमा प्याकिङ भएर स्वदेश आएका छन् । थोरै भएपनि पैसा कमाउने सपना बोकेर मलेसिया पुगेका रुपेशले अब परिवारलाई कुनै खुसी दिने छैनन दिने छन त केवल आजीवन पीडा ।
उनी कफिनमा पोको परेर घरमा आइपुगे । गाउँमा रहँदा समाज सेवामा सकृय राई १३ महिना अघि मलेसिया गएका थिए । उनको गत जेठ २० गते मलेसियामा निधन बताईएको छ ।
मलेसियाको चिली चिन्ताङ इपोपेरा इम कम्याक्ट कम्पनीमा काम गर्दै आएका रुपेशको रक्तचाप कम भएपछि उपचारमा ढिलाई हुँदा ज्यान गएको बताइएको छ ।
राई २०७२ वैशाख २ गते बिर्तामोडको अञ्जली ओभरसिजमार्फत मलेसिया गएका थिए । राईको परिवारमा बाजे, बुवा,आमा, श्रीमती सुनिता तथा दुई छोरीहरु रहेका छन् ।


0 comments
Write Down Your Responses