नेपालीलाई रुवाउने मोदीलाई अब यसरी भारतमै भएको यो विशाल घटनाले जिन्दगीभर नै रुवाउँदैछ ! हेर्नुस् भिडियो

एजेन्सी– सन् २००२ मा भारतको गुजरात राज्यमा भीषण जातीय दंगा मच्चियो । सो दंगामा परेर त्यसबेला करिब ११ सय जनाको ज्यान गएको थियो । त्यसमा अधिकांश मुस्लिमहरु र केही हिन्दु धर्म मान्नेहरुको कत्लेआम भएको थियो । सन् २००२ को फ्रेब्रुअरीमा एक समुहले आक्रमण गर्दा करिब ७० जनाको ज्यान गएपछि गुजरात एकाएक रणमैदानमा परिणत भएको थियो । त्यस घटनाले विश्वलाई नै तरंगित पारिदिएको थियो । त्यति ठूलो दुर्घटना निम्तिएका बेला गुजरात राज्यका मुख्यमन्त्री थिए हालका प्रधानमन्त्री नरेन्द्र मोदी । 
सोही घटनाको विषयमा भर्खरै त्यहाँको अदालतले २४ जनालाई दोषी ठहर गरेको छ । घटनामा संलग्न भएका भनिएका अन्य ३६ जनलाई अदालतले मुक्त गरेको घोषणा गरेको छ । भारतको अहमदाबादस्थित विशेष अदालतले सो निर्णय गरेको हो । हिन्दुवादीहरु र मुस्लिमबीच भड्किएको सो दंगाले विश्वलाई नै तरंगित पारिदिएको थियो । विश्व हिन्दु परिषदका नेता अतुल वैद्य र भारतीय कंग्रेसका पूर्व सांसद मेघजी चौधरी सहित दुई दर्जनलाई अदालतले दोषी ठहर गर्दै आगामी सोमबार सजाय सुनाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
 यो सवालमा किन मौन छन् नरेन्द्र मोदी ? गुजरात नरसंहार हुँदा त्यहाँका तत्कालीन मुख्य मन्त्री नरेन्द्र मोदी अहिले भारतका प्रधानमन्त्री छन् । मुख्यमन्त्री रहँदै गर्दा सो भीडन्त रोक्न नसकेको भन्दै उनको विश्वभर अहिले पनि आलोचना हुँदै आएको छ । संयुक्त राज्य अमेरिकाले त उनलाई आफ्नो मुलुक भ्रमण गर्न केही वर्षसम्म रोक समेत लगाएको थियो । यद्यपि, भारतीय प्रधानमन्त्री घोषणा भएको केही समयपछि उनका लागि अमेरिका भ्रमणको बाटो खुलाइएको थियो । अमेरिकाले गुजरात हिंसामा नरेन्द्र मोदीको समेत अप्रत्यक्ष हात रहेको र उनी पनि सो घटनाको दोषी हुनुपर्ने बताउँदै आएको थियो र त्यो बहस अहिले पनि जारी छ । यद्यपि, मोदी भारतको प्रधानमन्त्री भएकै बेला सो घटनका दोषीहरु किटान गरिएका छन् ।
 त्यति ठूलो दंगाको प्रकृति हेर्दा हिन्दु र मुस्लिमहरुबीचको झगडा भएको जस्तो देखिन्छ तर त्यसबेला गुजरात राज्य संचालनको जिम्मेवारी लिएर बसेका मोदी लगायत भारतीय जनता पार्टी र कतिपय राजनीतिक शक्तिहरुले त्यस घटनाबाट फाइदा लिन खोजेको भन्ने समाचारहरु पनि त्यसबेला बाहिर आएका थिए । 
यद्यपि, यो घटनाले नरेन्द्र मोदी लगायतका भारतीय नेताहरुलाई जिन्दगीभर रुवाइदिनसक्छ । त्यसबेला विश्व हिन्दु परिषदका नेताहरुलाई सो आरोप लागिरहँदा नरेन्द्र मोदी पनि त्यसबाट अछूतो देखिदैनन् किनभने उनी समेत हिन्दु धर्मलाई कट्टर रुपमा अंगाल्दै आएको भारतीय जनता पार्टीका नेता र त्यसबेलाका मुख्यमन्त्री थिए । नरेन्द्र मोदी आफैमा कट्टर हिन्दु धर्माबलम्बी पनि हुन् । हिंसामा हिन्दुहरु भन्दा मुस्लिमहरु सबैभन्दा बढी मारिएका छन् । त्यसर्थ, पनि विश्वभर भएको मोदीको आलोचनालाई साथ दिने आधारहरु प्रशस्तै मिल्ने कतिपय भारतीय द्धन्द्ध विशेषज्ञहरुको भनाई छ ।

, ,

0 comments

Write Down Your Responses