यसरी नाबालिकालाई कमिलाले खाइरहे र आमाबाबु भने रोइरहे हेर्नुस भिडियो सहित

एजेन्सी: यो घटनालाई लापरबाही र मानवीयता समाप्त हुने संकेतकारुपमा बुझ्दा फरक नपर्ला । भारतको इन्दौरस्थित जिल्ला अस्पतालमा सुई लगाएको तीनपछि नवजात बालिका शिशुको ज्यान गएको छ । बालिका शिशुको ज्यान गएपछि पोस्टमार्टम गर्ने विषयलाई लिएर डाक्टरहरु एकअर्कालाई जिम्मेवारी बोकाउने प्रयासमा लागिरहे । 
तबसम्म जिल्ला अस्पतालको शवगृहमा बालिकाको शवलाई कमिलाको समूहले खाइरह्यो । शिशुका बाबुआमा छोरीको पोष्टमार्टम चाँडो भन्दा चाँडो गराउन रोइकराइ गरिरहे । तर, डाक्टरहरुले उनीहरुको अनुनयबिनय सुन्दै सुनेनन् । जब उनीहरुले अस्पतालमा आन्दोलन थाले, तबमात्रै शिशुको शव पोस्टमार्टमका लागि मध्यप्रदेश यशवन्त राव अस्पतालमा पठाइयो । मध्येप्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल एमवाय अस्पतालमा लापरवाहीबाट दुई बच्चाको ज्यान गएको १० दिन नबित्दै जिल्ला अस्पातलमा पनि शिशुको ज्यान गएको हो । 
 यहाँ तीन दिनअघि जन्मेकी बालिका शिशुलाई सुई हानेलगत्तै कडा ज्वरो आएपछि उनले सोमबार ज्यान गुमाएकी थिइन् । शिशुको मृत्यु भएको खबर पाएलगत्तै उनका परिवारले हंगामा गरेका थिए ।अभिभावकहरुले चिकित्सकको लापरबाहीले शिशुको ज्यान गएको आरोप लगाएका छन् । शिशुलाई ज्वरो आउँदा नर्सहरुले बेवास्ता गरेको उनीहरुले गुनासो गरेका छन् । विवाद यतिमै सकिएन । शिशुको शवको पोष्टमार्टमलाई लिए अस्पताल प्रशासन र परिवारजन आमनेसामने भए। त्यहाँका डाक्टरहरुले ठूलो अस्पतालमा लगेर पोस्टमार्टम गराउन दबाब दिएका थिए । 
जबकि शिशुका पिताले जहाँ मृत्यु भएको हो त्यहीं पोस्टमार्टम गर्ने अडान लिएका थिए । यही विवाद लम्बिँदै गएर बिहानदेखि बेलुका भयो । अन्तिममा शिशुको पोष्टर्माटम मध्येप्रदेशकै ठूलो अस्पतालमा मध्यप्रदेश यशवन्त राव अस्पतालमा लगेर गरियो । मध्यप्रदेशको इन्दौरस्थित सिरपुर राम बलराम नगर निवासी सुरेश बघेलकी पत्नी संगीताले शुक्रवार जिल्ला अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन् । उनकी छोरी सामान्य तरिकाबाट जन्मिएकी थिइन् । पिताका अनुसार शनिबार छोरीलाई सुई हानिएको थियो । त्यसपछि उनको शरीर तातो हुन थाल्यो ।
 'हामीले छोरीको अवस्थाबारे नर्सलाई पटक पटक हेर्न भन्यौं', बाबुले भने, 'तर कसैले पनि ध्यान दिएनन् ।'आइतबार पनि आफूले छोरीको अवस्थाबारे पटक पटक चिकित्सक नर्सलाई भन्दा पनि बेवास्ता गरिएको उनको दुखेसो छ । तर अस्पतालका कर्मचारीले डाक्टार सा'ब नआउने सूचना दिँदै टारेका थिए । सोमबारमात्रै आएर डाक्टरले बालिकालाई जाँच्ने बताउँदै ज्वरो आउनुलाई उनीहरुले सामान्य बताएका थिए । शिशुको ज्यान गएपछि अस्पतालका कर्मचारीले एम्बुलेन्स नभएको भन्दै अटो रिक्सामा राखेर शव जिम्मा दिएका थिए । परिवारजन एमवाय अस्पतालमा त पुगे तर त्यहाँ पनि कागजपत्र मिलाउँदा साँझको पाँच बज्यो । आइतबार आफूले सुई हानिदिएपछि शिशुमा सामान्य ज्वरो आएको जिल्ला अस्पताल इन्दौरका चिकित्सक हेमन्त द्विवेदीले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
 उनले सुई हानेपछि राति १२ आमाले दूध पिलाएको बताए । सोमवार बिहानै परिवारजनले शिशुले हलचल नगरेको खबर चिकित्सकलाई दिएका थिए । ती चिकित्सकले भने सूचना पाउनेबित्तिकै आफू अस्पताल पुगेको दाबी गरेका छन् । शुरुमा शिशुलाई आमाको दूध उनको छातीमा गएका कारण समस्या भएको अनुमान गरिएको उनले बताए । उनले शिशुको शव ठूलो अस्पतालमा पठाउनुको कारण परिवारजनमा शंका नरहोस भन्नाका लागि भएको बताए । बालिकालाई सामान्य सुई लगाइएको थियो । शिशु रोग विशेषज्ञ डा. हेमन्त द्विवेदीले जाँच गरेका थिए । उनलाई सामान्य ज्वरो आएको थियो ।
 तर बालिका शिशुको मृत्यु के कारणले भयो भन्ने उत्तर उनका बाबुआमालाई चिकित्सकले दिन असफल भएका छन् । इन्दौरका कलेक्टर पी नरहरले चिकित्सक र नर्सको लापरबाही यसरी शिशुको मृत्यु हुनु गम्भीर घटना भएको बताउँदै उपचारमा लापरबाही र शवसँग खेलबाड गरिनु एकदमै चिन्ताजनक अवस्था भएको उल्लेख गरे । उनले दोषीमाथि कडा कारबाही गरिने बताए ।

, , ,

0 comments

Write Down Your Responses