हेर्नुस अब यसरी हुन्छ तपाईहरुको घुर्ने समस्याको समाधान थाहापाई राखे राम्रो

एजेन्सी । राति सुतेको बेला आफ्नो साथीले घुरेर सुत्न नदिने समस्या प्राय सबैले भोगेका हुन्छन् । घुर्ने समस्याबाट छुटकारा पाउन निकै उपाय पनि मानिसहरु अपनाउने गर्छन । तर अब तरिका यहाँ छ जसले घुर्ने समस्यालाई हटाउन मद्धत गर्छ र रातिको निन्द्रा बिग्रिदैन । ताइवानको विशेषज्ञले यस्तो डिभाइस बनाएका छन् जसले घुर्ने समस्यालाई समाधान गर्न सक्छ ।
 विशेषज्ञले यो डिभाइसको मद्धतले ५० प्रतिशतसम्म घुर्ने समस्याबाछ छुटकारा पाउन सक्ने दावी गरेका छन् । यो डिभाइस ताइवानमा १२० जनामाथि प्रयोग गरिएको छ । यसले साँस लिन सजिलो हुने र घुर्ने समस्या कम हुने छ । यस्तै सुत्ने पोजिसन पनि परिवर्तन गर्न सकिन्छ । 
एकपटक फर्किएर सुत्नाले राति घुर्न आउँदैन । रक्सीदेखि टाढै रहनुस । सुत्नुभन्दा ४ देखि ५ घण्टा अगाडी रक्सी पिउनाले राति घुर्ने समस्या देखिन्छ । सकेसम्म धेरै पानी पिउने गर्नाले नामका पेलेट ठीक भइरहन्छ र चिल्लो भइरहन्छ जसले राति सुतेको बेला आवाज आउँदैन ।

, ,

0 comments

Write Down Your Responses