विप्लव माओवादीको बन्दले जनजीवन प्रभावित राजधानी सहितका मुलुकभरि परेको छ । काठमाडौंमा एउटा ट्याक्सी जल्यो

काठमाडौं, २७ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका प्रभाव राजधानी सहितका मुलुकभरि परेको छ । पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको माग गर्दै बन्दमा उत्रिएको ‘विप्लव’ माओवादीले बिहानैदेखि सवारी साधन चल्न दिएको छैन ।
 कलकारखाना, उद्योग, व्यवसाय, बजार, पसल, यातायात नचलेको प्रवक्ता खड्क विश्वकर्माले जानकारी दिनुभयो । ‘बन्द बिहानैदेखि जारी छ’, उहाँले भन्नुभयो, ‘अत्यावसेक साधन बाहेक कुनै पनि गाडीलाई चल्न दिएका छैनौँ ।’ राजधानीमा बन्दका क्रममा बहिरी बजार पसल नखुले पनि भित्रका पसलहरू खुलेका छन् । बन्दको प्रभावले शिक्षण संस्थाहरू पनि बन्द छन् ।
 उता, कालिकोट जिल्लामा बन्द गराउन सडकमा उत्रिएका १२ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता विश्वकर्माले बताउनुभयो । सिन्धुलीमा पनि माओवादी कार्यकर्ता पक्राउ परेका छन् । बन्दको पूर्वसन्ध्यामा बुधबार साँझ एक दर्जन कार्यकर्ता पक्राउ परेका हुन् ।
 यसैबीच, ‘विप्लव’ माओवादीका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै काठमाडौंको तिनकुनेमा एउटा ट्याक्सी जलाइदिएका छन् । माओवादी कार्यकर्ताले बिहान बा १ ज ६२०६ नम्बरको ट्याक्सी जलाएका हुन् ।

, ,

0 comments

Write Down Your Responses