एकाबिहानै विप्लव माओवादीद्वारा ट्याक्सीमा यसरी आगजनी
काठमाडौं, १० साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्द अवज्ञा गरेको भन्दै काठमाडौंको नयाँबानेश्वरमा ट्याकसीमा आगजनी भएको छ ।
माओवादी कार्यकर्ताले आज बिहान करीब चार बजे नयाँ बानेश्वरमा बा १ ज ५१६२ नम्बरको ट्याक्सीमा आगजनी गरेका छन् ।
आगजनीबाट ट्याक्सी पूर्णरुपमा जलेर क्षति भएको छ । ‘विप्लव’ माओवादीले बन्दको अवज्ञा गरेकाले ट्याक्सीमा आगजनी गरिएको जनाएको छ ।
माओवादी कार्यकर्ताले राजधानीका गंगबु, चाबिहल, महाराजगञ्ज, तीनकुने, बल्खु, कलंकीलगायतका स्थानमा सवारी आवागमनमा अबरोधको प्रयास गरेका छन् ।
नेकपा माओवादीको बन्दलाई ध्यानमा राखेर राजधानीमा उच्च सुरक्षा सर्तकर्ता अपनाइएको छ ।
बन्दका कारण सवारी चल्न सकेका छैनन् ।
जबरजस्ती बन्द गराउन हिँडेका ‘विप्लव’ माओवादीका दुई दर्जन नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ


0 comments
Write Down Your Responses