हेर्नुस काठमाण्डौको विभिन्न स्थानको नेपालबन्दको दृष्यहरु भिडियो सहित
काठमाण्डौ । आज नेकपा माओबादी विप्लव समूहले गरेको नेपाल बन्दले सर्वसाधारणहरुलाई सास्ती भएको छ ।
नेकपा माओवादी विप्लव समुहको आह्वानमा आज नेपाल बन्दको घोषणा गरेको हो।
नेकपा माओवादी विप्लव समुहले सर्लाही, रौटहट, बारा, काठमाण्डौ, कास्की, बाँके, जाजरकोट लगायतका जिल्लामा रहेका लाखौ सुकुम्बासीहरु माथी भैरहेको राज्य आतंक र ज्यादतिको विरोधमा आज देशव्यापी बन्दको आह्वान गरेको बताएको छ ।
आजको बन्द विहान पाँच बजे देखी साँझ पाँच बजेसम्म जारी रहने र विगतका बन्द जस्तै शान्तिपुर्ण हुने नेकपा माओवादी विप्लव समुहले जनाएको छ । यो समाचार तयार पार्दा सम्म त्यस्तो अप्रिय घटना बाहिर आईसकेको छैन ।
तर, पटक पटकको बन्दले सास्ती खेपेका सर्वसाधारणहरुले भने बन्दको विकल्प खोज्न आग्रह गरेका छन् ।


0 comments
Write Down Your Responses