यसपालि एसएलसीमा नेपाली विषयमा विद्यार्थीहरु अत्याधिक कमजोर

काठमाडौं, १० साउन । यसपालि एसएलसी नियमित र एक्जाम्टेड गरी ५ लाख ८८ हजार १ सय ५२ परीक्षार्थी सहभागी थिए । नियमिततर्फ ४ लाख ३७ हजार ३ सय २६ विद्यार्थी सहभागी रहेकोमा सबैभन्दा कम ‘ए’ प्लस भने नेपाली विषयमा ल्याएका छन् । नागरिक दैनिकले समाचार छापेको छ । नेपालीमा ६३ जनाले मात्र ‘ए’ प्लस ल्याएका छन् । ९०–१०० प्रतिशत ल्याउने ए प्लसमा पर्छन् । ‘डी’ ल्याउने ४३ हजार ६ सय ३३ जना छन् । ‘ई’ ग्रेड ल्याउने २३ हजार ४६ छन् ।
 नेपालीमा ४ लाख ३७ हजार १ सय ३३ परीक्षार्थी सहभागी थिए । उता, अंग्रेजी भाषमा ए प्लस ल्याउनेको संख्या तुलनात्मकरुपमा निकै बढी छ । अंग्रेजी विषयमा ४ लाख ३६ हजार ९ सय ८३ परीक्षार्थी सहभागी रहेकोमा ए प्लस ल्याउने २० हजार ७ सय ९४ जना छन् भने ८६ हजार ६० ले डी र ७१ हजार १ सय २४ले ‘इ’ ग्रेड ल्याएका छन् । 
पाठ्यक्रम विकास केन्द्रमा ७ वर्षसम्म कक्षा ९ र १० को नेपाली विषय समिति सदस्यका रुपमा काम गरेको प्रा डा दयाराम श्रेष्ठ विद्यार्थी नेपाली भाषामा कमजोर हुनुको दोष अंग्रेजी माध्यमबाट सञ्चालित निजी स्कुललाई दिन्छन् ।

,

0 comments

Write Down Your Responses