अल्पायुमै बिलाए आशाको अनुहार अब सम्झनमा मात्र सिमित रहने भयो

धनकुटा : जिल्लाको लोकप्रिय युवा नेता हरिराज खेवाको निधनको खबरले धनकुटावासी शोकाकुल बनेका छन् । विद्यार्थी जीवनदेखी नै राजनीतिमा लागेका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धनकुटा जिल्ला अध्यक्ष ४५ वर्षीय खेवाको बिहीवार सवारी दुर्घटनामा परि निधन भएको हो । २०२५ साल कात्तिक २७ गते हात्तिखर्क ६ धनकुटामा जन्मिएका खेवा राजनीतिसँगै साहित्य र अभियनयमा समेत अब्बल थिए । धनकुटामा, सरल, इमानदार र मिलनसार नेताका रुपमा स्थापित थिए खेवा ।
 उनले २०४२ सालमा विद्यालयको अनेरास्ववियुको प्रारम्भिक कमिटिको सदस्य भएर राजनीति सुरु खेवाले कलिलै उमेरमा धनकुटा बहुमुखी क्याम्पसबाट स्नातक सकेर आफ्नै गाउँ हात्तिखर्कमा राजनीतिसँगै शिक्षण पेशा सुरु गरे । उनी छोटो समयमै विद्यालयको प्रधानाध्यापक बने । २०४७ सालदेखि ०५४ सालसम्म शिक्षकको रुपमा काम गरेका खेवा २०५४ सालको निर्वाचनमा नेकपा एमालेबाट हात्तिखर्क गाविसकै अध्यक्षको रुपमा भारी मत लिएर विजयी भए । खेवा पछिल्लो समयमा एमाले हुदै मालेमा लागे । पार्टी एकिरणपछि उनी एमाले छोडेर माओवादीको जनयुद्धमा संग्लन भए । 
माओवादी जनयुद्धको अन्त्यतिर उनी उपत्याकामा सक्रिय थिए । उनी संविधानसभाको पहिलो निर्वाचनमा धनकुटा क्षेत्र नम्वर २ बाट १२ हजार २ सय ९९ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका धर्मराज पौडेल ११ हजार २ सय २८ मत प्राप्त गरेका थिए भने, पूर्व प्रधानमन्त्री एवं राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले ५ हजार ३ सय ३२ मत प्राप्त गरेका थिए । खेवा २०६८ सालमा डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित सरकारमा अर्थ राज्यमन्त्री थिए । राजनीतिसँगै उनी अभिनयमा पनि अब्बल थिए । उनी राष्ट्रब्यापी रेडियो नाटकमा गोल्ड मेडलिष्ट थिए।
 उनको एकाङ्गी नाटक संग्रह अपदस्त जिन्दगी प्रकाशित छ । इतिहासमा पनि गहिरो ज्ञान भएका पछिल्लो समयमा पुस्तक लेख्ने योजनामा थिए । दोस्रो संबिधानसभाको निर्वाचनमा भने उनी पराजित भए । यसपछि जिल्ला अध्यक्षको जिम्मेवारीमा क्रियाशिल खेवा इमानदार नेता थिए । गाविस अध्यक्ष, सभासद् हुदै अर्थराज्यमन्त्री भए पनि उनी धनकुटामा डेरामा बस्थ्थे । सधैं सार्वजानिक सवारी साधनमा हिड्ने । विहिबार पार्टीको कामका सिलसिलामा परेवादिन पुगेर र्फकदा उनको बस दुर्घटनामा निधन भएको हो । एमाले अध्यक्ष भन्छन्, असल र आश लाग्दा नेता गुमायो उनको निधनले सिंगो धनकुटावासी शोकाकुल बनेको छ ।
 धनकुटाले एकजना असल र आशलाग्दा नेता गुमाएको नेकपा एमाले धनकुटाका अध्यक्ष एंव खेवाका विद्यार्थी राजीतिक गुरु राजेन्द्र राईले नयाँ पेजलाई बताए । उनले भने, ‘धनकुटाले असल र आशलाग्दा नेता गुमाएको छ, हामी स्तब्ध छौं ।’ खेवा राजेन्द्र राई अनेरास्ववियु धनकुटाका अध्यक्ष हुँदा सदस्य थिए । खेवा अध्यक्ष निर्वाचित भएका बेला राई जिविस उपसभापति थिए । खेवासँग नजिक भएर लामाे सहयात्रा गरेका अध्यक्ष राई खेवाको निधनले धनकुटाले मात्रै होइन देशले नै एकजना आश लाग्दा नेता गुमाएको बताउँछन् ।

, , ,

0 comments

Write Down Your Responses