के तपाइको तौल ठिक छ छैन भने यो [पुरा पढ्नुहोस
तौल हाम्रो शरीरको स्वास्थ्यको एक महत्वपूर्ण मापक हो । तौल हुनुपर्ने भन्दा बढी र घटी दुवै हाम्रो स्वास्थ्यको लागि ठिक होइन । विशेषत, तौल बढी भएमा यसले हाम्रो शरीरमा विभिन्न प्राणघातक रोगहरु निम्त्याउन सक्छ । त्यसैले हामीले आफ्नो तौल सकेसम्म ठिक परिधिभित्र राख्न जरुरी छ । तौल बढी भएमा के हुन्छ ?
हाम्रो शरीरको वजन सामान्य भन्दा बढी भएमा यसले विभिन्न रोगहरु निम्त्याउन सक्छ ।
मोटोपनाले हाम्रो रगतमा बोसो र कोलेस्टेरोलको मात्रा बढाउछ र त्यो रक्तनलीहरुमा जम्मा हुन जान्छ । जसले गर्दा हाम्रो शरीरको महत्वपूर्ण अंगहरुमा रगतको सञ्चार हुन पाउदैन र यसले जटिल स्थिति निम्त्याउँछ जुन मृत्युको कारण पनि बन्न सक्छ ।
मोटोपनाले निम्त्याउने रोगहरु
उच्च रक्तचाप ।
हर्ट एट्याक ।
मस्तिस्कघात ।
मधुमेह ।
विभिन्न क्यान्सरहरु ।
बाँझोपन आदि ।
तौल ठिक छ कि छैन थाहा पाउने तरिका
मोटोपना मापन गर्ने विभिन्न विधीहरुमध्ये ‘बडी मास इन्डेक्स’ सजिलो र भरपर्दो तरिका हो । यो सुचक आफ्नो तौल (किलोग्राम) लाई उचाई (मिटर) को वर्गफलले भाग गरेर निकाल्न सकिन्छ ।
हुन आउँछ ।
बडी मास इन्डेक्सको मुल्यांकन
१८.५ भन्दा कम – न्यून तौल
१८.५ – २४.९९ – सामान्य तौल
२५ भन्दा बढी – मोटोपन
मोटोपना कसरी घटाउने ?
सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो तौल बढी रहेको आफैले महसुस गर्नुपर्छ र यसलाई घटाउनको निम्ती उत्प्रेरणा लिनुपर्छ । त्यसपछि निम्न विभिन्न उपायहरु अवलम्बन गर्नुपर्छ ।
सन्तुलित भोजन ।
खानामा येथेस्ट फलफुल, सागसब्जी र फाइवरयुक्त वस्तुको मिश्रण ।
खाना नुन र चिल्लोको कमी । शारीरिक कसरत र व्यायाम ।
दिनमा ३०–४० मिनट पसिना आउने र शरीरलाई परिश्रम पर्ने कामहरु जस्तै छिटोछिटो हिड्ने, नाच्ने, पौडी, व्याटमिनटन लगायतका खेल खेल्ने ।
धुम्रपान र जाँडरक्सीबाट टाढा बस्ने ।
मोटोपना अथवा बढी तौलबाट हाम्रो शरिरलाई हुने हानीबाट बच्न आजैदेखि आफ्नो तौल घटाउन लागिपर्नुहोस ।
.


0 comments
Write Down Your Responses