आफ्नो प्रेमीले त्यस्ताे के भने ? जाे २५ वर्षीया मोडलले पासो लगाएर आत्महत्या गरिन

मुम्बई । मुम्बईमा एक मोडलले ब्वाइफ्रेण्डसँगको झगडापछि पासो लगाएर आत्महत्या गरेकी छिन् । बताइअनुसार उनी ब्वाइफ्रेण्डसँग लिभ इन टुगेदर रिलेसनमा थिइन । यो घटना अस्ति राति १२.३० बजेको आसपास भएको बताइएको छ । लासलाई पोस्टमार्टमका लागि कुपर अस्पताल पठाइएको छ । नयाँदिल्लीबाट स्टार बन्ने सपना साँचेर २५ वर्षीया कर्मजित काैर उर्फ नेहा बलिउडको माया नगरी मानिने मुम्बईमा संघर्षरत रहेकी थिइन । 
तर, त्यही माया नगरीमा उनले सपना पूरा नगर्दै आत्महत्या गरेकी छिन् । जुन केटासँग उनी मुम्बईमा लिभइन रिलेसनमा थिइन्, उसैसँग झगडा भएपछि नेहाले आत्महत्या गरेको बताइएको छ । पुलिस अनुसन्धानबाट थाहा पाइएअनुसार सन् २०१२ मा नेहाको विवाह भएको थियो । जुन विवाह दुई महिनामै डिभोर्समा परिणत भएको थियो । यस लगतै केही महिनामा दिल्लीमा निजि काम गरेपछि ६ महिना पहिले उनी मुम्बई आएर मोडलिङमा संघर्ष गरिरहेकी थिइन । 
यसै दौरान एक पार्टीमा उनको ब्वाइफ्रेण्ड देवराजसँग भेट भएको थियो । त्यसपछि उनीहरु दुवै चार बंगला इलाकामा एक फ्ल्याट लिएर सँगै बस्न थाले । देवराज फिल्ममा पनि काम गर्छन र आर्ट डाइरेक्टर पनि हुन् । उनले केही फिल्ममा समेत अभिनय गरेका छन्

, , , ,

0 comments

Write Down Your Responses