हेर्नुस तपाइहरुको अाजकाे राशिफल २०७३ आषाढ २९ गते बुधबार दिन

वि.सं. २०७३ आषाढ २९ गते बुधबार तदनुसार ई. सं. २०१६ जुलाई १३ तारिख,सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं.११३६, (दिल्लाथ्व) काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१८ बजे र सूर्यास्त : साँझ ०७:०० बजे इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ ०६:५० बजे पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२३ बजे र सूर्यास्त : साँझ ०७:०६ बजे आषाढ शुक्लपक्षको नवमी तिथि, बेलुका ०८:३० बजेसम्म, त्यसपछि दशमी तिथि, स्वाती नक्षत्र, भोलिबिहान सूर्योदयसम्म कायम रहने छ । 
 चन्द्रमा तुला राशिमा (अहोरात्र व्याप्त), सिद्धि योग, दिउँसो ०४:२४ बजेसम्म, त्यसपछि साध्य योग, तैतिल करण, बेलुका ०८:३६ बजेसम्म त्यसपछि गर करण, आनन्दादि योग : धूम्र, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पूर्व, वारशूल : उत्तर, आजको चाडपर्व र उत्सव : राष्ट्रभाषा एकीकरण दिवस, आदिकवि भानुभक्त जयन्ती, त्रिभूवन जयन्ती, त्रि. वि. स्थापना दिवस, आजको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा)आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : मन्वादि, भोलिको मूहुर्त :
 शुभविवाह, अग्निवास(होमादि), चूडाकर्म(छेवर), ३१ गते : हरिशयनी एकादशी व्रत, तुलसी रोप्ने दिन, चतुर्मासा प्रारम्भ, ठूली एकादशी, द्रव्यप्रयोग वा लगानी, ०१ गते : श्रावण संक्रान्ति, साउने सँग्राती, कण्डारक पूजा, लुतो फाल्ने दिन, सूर्य दक्षिणायनमा प्रवेश, थारु जातिको गुरिया पर्व, तुलसीपिए, वाराणसीमा श्रावण मेला प्रारम्भ, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), गृहारम्भ, वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी,

, ,

0 comments

Write Down Your Responses