अश्लील शब्द प्रयोग गर्दै युवती जिस्क्याउँदा सडकमै यसरी उठबस हेर्नुस भिडियो सहित

सार्वजनिक स्थानमा युवतीलाई अश्लील शब्द प्रयोग गर्दै जिस्क्याउँदा एक युवकले सडकमै दण्डित हुनुपरेको छ । आफूलाई जिस्क्याउँदै अश्लील शब्द प्रयोग गर्ने ती युवालाई युवतीले सडकमै उठबस मात्रै गराइनन्, सामाजिक रुपमा दण्डित पनि गरिन् ।यो घटना भारतको उत्तराखण्ड राज्यस्थित देहरादुन सहरस्थित सडकमा भएको हो । देहरादूनको चकराता सडकमा आफूलाई जिस्क्याउने युवालाई ती युवतीले सयौं मानिस जम्मा गरेर हायलकायल बनाइनन् । 
सडकमा आफूलाई जिस्क्याउने युवालाई उनले त्यही सडकमा सयौं मानिस भेला पारेर दण्ड सजाय पनि गराइन । आफूलाई जिस्क्याउने ती युवालाई दण्डित गर्ने क्रममा लिइएको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो भिडियो सार्वजनिक भएपछि प्रहरीले त्यसबारेमा बोल्न अस्वीकार गरेको छ । तर युवतीको यो साहसको भने हरेकतर्फबाट प्रशंसा भइरहेको छ ।यो घटना शुक्रवार दिउँसो भएको हो । समाचार अनुसार आफूलाई अश्लील शब्दसहित जिस्क्याउने युवालाई युवतीले हिम्मत जुटाएर समातेकी थिइन् । यसैबीच केही युवाहरुले ती युवकको शरीरको माथिल्लो भागको लुगा निकालिदिए । त्यही बेला युवती सडकमै युवालाई सजाय दिलाउने बैठक नै बोलाइन् ।
 यो क्रममा खिचिएको करिब एक मिनेट चार सेकेन्ड लामो यस भिडियोमा आरोपी दुबै हातले कान पक्डेर उठबस गर्दै गरेको देख्न सकिन्छ । सजाय दिइएपछि आरोपित युवालाई छाडिएको छ । पुलिसले पनि यो भिडियो हेरेको छ । धारा चौकी पुलिसका अनुसार आफूलाई जिस्क्याएको बारेमा युवतीले कुनै उजुरी गरेकी छैनन् ।

, , ,

0 comments

Write Down Your Responses