हेर्नुस तपाईहरुको अाजकाे राशिफल / २०७३ श्रावण २३ गते आइतबार
सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :— ११३६, (गुँलाथ्व)
काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३० बजे र सूर्यास्त : साँझ ०६:४८ बजे
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२४ बजे र सूर्यास्त : साँझ ०६:३८ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३५ बजे र सूर्यास्त : साँझ ०६:५३ बजे
श्रावण शुक्लपक्षको पञ्चमी तिथि, मध्यरात्रीपछि ०४:१८ बजेसम्म, त्यसपछि षष्ठी तिथि,
उत्तराफाल्गुनी नक्षत्र, बिहान ०६:२७ बजेसम्म, त्यसपछि हस्ता नक्षत्र, चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त),
सिद्धि योग,
मध्यरात्रीपछि १२:१० बजेसम्म, त्यसपछि साध्य योग,
बब करण, दिउँसो ०३:३२ बजेसम्म त्यसपछि बालब करण,
आनन्दादि योग : मित्र, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : दक्षिण, वारशूल : पश्चिम, नक्षत्रशूल : उत्तर,
आजको चाडपर्व र उत्सव : नागपञ्चमी, नाग टाँस्ने दिन, ललितपुरमा दानघाट, धापाखेल, नागदह, नक्साल, नागपोखरी, टौदह आदि विभिन्न नागस्थान र नागपोखरीमा मेलाजात्रा,
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), दीक्षाग्रहण,


0 comments
Write Down Your Responses