एक युवकको यसरी टुक्रा-टुक्रा पारेको यस्तो अवस्थामा घरभित्रै भेटियो शव हेर्नुस भिडियो सहित

२१ भदौ, विराटनगर : विराटनगरमा मंगलबार विहान एक युवकको धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा शव भेटिएको छ । विराटनगर-१३ शान्तिचोकस्थित ओमकार श्रेष्ठको घरमा अन्दाजी २८ वर्षीय युवकको शरीर टुक्रा-टुक्रा पारेर प्याक गरेको अवस्थामा भेटिएको हो । मृतकको टाउको र घुँडाभन्दा मुनिको भाग टुक्रा पारेर बोरामा प्याक गरेको भेटिएको छ भने घाँटीदेखि तल र घुँडादेखि माथीको भाग डसनामा पोको पारेर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीले मृतकको विषयमा आधिकारिक रुपमा बोल्न मानेको छैन ।
 दश वर्षीय बालकसँग सोधपुछ टाउको, खुट्टा र जीऊ अलग पारेर हत्या गरी बोरामा पोको पारेर गाडी मगाएर फाल्न खोज्दा ड्राइभरले शंका गरी प्रहरी बोलाएको स्थानीयले जानकारी दिएका छन् । चालकले प्रहरीलाई बोलाएपछि ति युवकहरु घरबाट भागेका थिए । प्रहरीले घटनाबारे सोधपुछ गर्न सोही घरमा बस्ने दश वर्षीय बालकलाई लगेर गएको छ । सिराहा घर बताउने चार जना युवाले छ दिन अघि मात्र त्यो घर भाडामा लिएर बसेका थिए । सिरहाका यादव थरका ४ जना विद्यार्थीहरु उक्त घरको भुइँतल्लाको फ्ल्याट भाडामा लिएर बस्न आएको बुझिएको छ ।
 घरधनि श्रेष्ठ केहि दिनयता घरायसी कामले धनकुटा गएको अवस्थामा भाडामा लगाइएको कोठामा हत्या भएको धर धनिकी बहिनी भावना श्रेष्ठले जानकारी दिइन् । घटनास्थलमा तास र वियरको बोतल पनि फेला परेको छ । मदिराको नसामा योजनाबद्ध रुपमा हत्या गरेको हुनसक्ने प्रहरीले आशंका छ । प्रहरीले घटनाको बिषयमा अनुसन्धान जारी राखेको बताउँदै घटनास्थल सञ्चारकर्मीहरुलाई समेत प्रवेशमा रोक लगाएको थियो । यही भदौ महिनामा मोरङमा तीन जनाको हत्या भइसकेको छ ।

, , ,

0 comments

Write Down Your Responses