दशैँको मुखमा दुखद घटना फेरी याम्दीमा बस दुर्घटना दुई जनाको मृत्यु २६ घाइते हेर्नुस फोटोफिचर सहित
पोखरा, १७ असोज । काठमाडौंबाट बागलुङको बुर्तिवाङतर्फ गइरहेको ग१ख ६१६९ नंको यात्रुबाहक बस आज बिहान साढे ५ बजे पोखरा–२७ याम्दीको पुल नजिक दुर्घटना भएको छ ।
दुर्घटनामा दुई जना यात्रुको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् ।
मृत्यु हुनेमा गुल्मी जिल्लाको नेटा गाविस– २ का ४७ वर्षीया मनरुपा अर्याल र उनको दुई वर्षीय नाती अतित अर्याल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते यात्रुको पोखराको मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय बगरका प्रहरी नायब निरीक्षक शिवबहादुुर खत्रीले जानकारी दिनुभयो ।
एउटा बसले अर्को बसलाई उछिन्न खोज्दा बस अनियन्त्रित भई सडकको किनारमा पल्टिएको थियो र बसका चालक कृष्णबहादुर बूढालाई नियन्त्रणमा लिएको छ ।


0 comments
Write Down Your Responses