आफ्नै छाेराछाेरीले वास्तै नगरेपछि यसरी ८० वर्ष पार गरेका बृद्धबृद्धा रोजगारीमा

सोलुखुम्बु ८० वर्ष पुगी बसी खानु भनिन्छ, तर सोलुखुम्बुको दुधकुण्ड नगरपालिका वडा नं ५ का ८० बर्ष पार गरेका एक श्रीमान श्रीमतीले श्रम गरेरनै जिबिकोपार्जन गरिरहेका छन् । दुधकुण्ड नगरपालिका वडा नं ५ का ८० बर्षिय मेघ बहादुर तामाङ र उनका ७३ बर्षिय श्रीमती निम लमु तामाङले सदरमुकाम सल्लेरीमा गिटी कुटेर आफ्नो दैनिक गुजारा चलाईरहेका छन् ।
 छोराछोरीले आफ्नो दुखमा साथ नदिएको भन्दै हिमाली जिल्ला सोलुखुम्बुको कठ्याङग्रीदो चिसोको समयमा पनि बृद्धबृद्धाहरुले सकि नसकी श्रम गरिरहेका छन् । छोराछोरीले कमाएर दिनुपर्ने बेलामा बुुढेसकालमा २, ४ पैसाका लागी आफैले दुःख गर्नुपर्दा अत्यन्तै दुख महसुस भएको उनिहरुको गुनासो छ । सबैको छोराछोरीले कमाएर बुबा आमालाई सुख दिएको देख्दा र सुन्दा आफ्नो छोराछोरीप्रति आफुहरुलाई धिकार लाग्ने गरेकोे श्रीमती निम लामु तामाङले गुनासो सुनाउनुभयो । 
बुढेसकालमा बसी खानु पर्नेमा बिहान बेलुकीको छाक टार्नकै लागी भएपनि सकि नसकी ज्यालामा श्रम गर्र्नुुपर्दा पसिना र आसुले मात्र साथ दिएको उनिहरुको भनाई छ ।

, , ,

0 comments

Write Down Your Responses